९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप छनोटः अर्जेन्टिनाको लगातार दोस्रो जित

विश्वकप छनोटको पहिलो खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित हात पारेको छ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई पराजित गर्दैै लगातार दोस्रो जित हात पारेको हो।

आजको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै गरेको हो। अर्जेन्टिनाको जितमा इन्जो फनान्डेज, निकोलस टागिलाफिको र निकोलस गोन्जालेजले समान १÷१ गोल गरे।

लगातार दोस्रो जितसँगै अर्जेन्टिना ६ अङ्क जाडेर प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

यसअघि गयराति भएको अन्य खेलमा ईक्वेडरले उरुग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको छ भने भेनेजुयलाले पराग्वेलाई १–० गोलले पराजित गरेको हो।  

छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।

प्रकाशित: २७ भाद्र २०८० ०३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App