९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

गुल्शनले लिए आयरल्यान्डकाे तेस्राे विकेट

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको  प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात परेको छ।  

गुल्शन झाले आयरल्यान्डका पल स्टिरिङलाई आउट गरे। उनी १५ रन बनाएर खेलिरहेका थिए।  त्यसअघि सोमपाल कामीको ठाउँमा ल्याइएका किशोर आयरल्यान्डकाे दाेस्राे विकटे लिएका थिए। भने पहिलो सफलता नेपालका करण केसीले दिलाए।  उनले १७ रन बनाएर खेलिरहेका म्याकब्राइनलाई  कुशल भूर्तेलको हातबाट क्याच आउट गराए।  

त्यसअघि नेपालले सबै ओभर खेल्दै ९ विकेट गुमाएर २६८ रन जोड्न सफल भएको थियो। ताजा अवस्थामा आयरल्यान्ड ३ विकेटको क्षतिमा १३ औं ओभरमा ६३ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: १९ असार २०८० १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App