१९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ्ग प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन।
भारतका पुर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए। सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन।
उनीसंगै प्रशिक्षणमा नेपाली बक्सिङ्गका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पुर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन्। प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भईरहेको छ।
प्रकाशित: २८ जेष्ठ २०८० १६:१५ आइतबार