काठमाडौं- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याको खेल निर्धारित समयमा सुरु हुन सकेको छैन। आइसीसी तालिकाअनुसार साढे ९ बजे खेल सुरु हुने भनिएपनि मौसम खराबीले खेल सुरु हुन सकेको छैन।
अहिले घाम लागेको छ। घाम लागेपछि दुूई देशका कप्तान र अम्पायरहरु पिचको अवस्था हेरिरहेका छन्।
छाता ओढेर मैदान पुगेका दर्शकहरुमा पनि घाम लागेसँगै उत्साह थपेको छ। उनीहरुले नेपाल नेपाल भनेर हुटिङसमेत गरेका छन्।
प्रकाशित: २८ फाल्गुन २०७३ ०४:४४ शनिबार