नेपालमा भइरहेको एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा बहराइनले विजयी शुरुवात गरेको छ।
किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा बहराइनले सिंगापुरलाई १ सय ३२ रनको विशाल अन्तरबाट पराजित गरेको हो।
यस अघि बहराइनले दिएको २ सय ८७ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४३ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ५४ रन मात्र बनायो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ५१ रन,विनोथ वसकरनले २३ रन,थिलिपन ओमिदुरीले २० रन तथा कप्तान आरित्र दत्त र रोहन रंगराजनले समान ११/११ रन बनाए।
बहराइनका लागि इम्रान अनवर ४ तथा रिजन बटले ३ विकेट लिए। अब्दुल मजिदले २ तथा अलि दाउदले १ विकेट लिए।
टस जितेर ब्याटिङ रोजेको बहराइनले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो। बहराइनका लागि फैज अहमदले ७९ रन, शाहबाजले ७६ रन,साहिल अहमदले ४६ तथा कप्तान हैदर बटले २९ रन बनाए। सिंगापुरका लागि रमेश कालिमान्थु,थिलिपन ओमिदुरी र विनोथा बसकरनले समान २/२ विकेट लिए।
जितसहित प्रतियोगिता शुरुआत गरेको बहराइन २ अंक सहित समूह बी को दोश्रो स्थानमा रहेको छ।दोस्रो खेलमा पनि अंकबिहिन रहेको सिंगापुर समूह बी को पुछारमा रहेको छ।
प्रकाशित: ७ वैशाख २०८० १२:२३ बिहीबार