सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा हुने भएको छ।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (पिजिए) ले आइतबार एक कार्यक्रम आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सातौं प्रतिस्पर्धा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबारदेखि सुरु हुने जनाएको हो।
चार दिनसम्म चल्ने उक्त प्रतियोगिता कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछ। ३६ होलको खेलपश्चात् कट नियम लागू हुँदा शीर्ष २१ प्रोफेसनल र शीर्ष ६ एमेच्योर गल्फरले अन्तिम ३६ होलमा स्थान बनाउनेछन्। कुल आठ लाख पुरस्कार रहेको प्रतियोगितामा ३१ जना प्रो गल्फले प्रतिस्पर्धा गर्दै छन्।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (पिजिए) ले आइतबार एक कार्यक्रम आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सातौं प्रतिस्पर्धा सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप सोमबारदेखि सुरु हुने जनाएको हो।
प्रतियोगिताको विजेता एक लाख ४० हजार, उपविजेता ९० हजार र तेस्रो हुने गल्फरले ६७ हजार नगद पुरस्कार पाउनेछन्। शीर्ष २१ स्थानमा रहने गल्फरले नै नगद पुरस्कार पाउनेछन्। आठ एमेच्योर गल्फरले शीर्ष गल्फरविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्।
शीर्ष प्रो गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, नीरज तामाङ, रामे मगर र रवि खड्काले उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ। उनीहरूलाई पछिल्ला प्रतियोगिता च्याम्पियन सद्भाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवास तामाङले राम्रो चुनौती दिनेछन्।
प्रतियोगिताको विजेता एक लाख ४० हजार, उपविजेता ९० हजार र तेस्रो हुने गल्फरले ६७ हजार नगद पुरस्कार पाउनेछन्।
नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (पिजिए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरूबीच कडा प्रतिस्पर्धा भइरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताए।
प्रकाशित: ४ वैशाख २०८० ०१:३१ सोमबार