४ वैशाख २०८१ मंगलबार
समाज

सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार

सर्लाहीमा एक सहकारी कर्मचारीमाथि गोली प्रहार भएको छ। बागमती नगरपालिकाको मिलन चौक नजिक सगुन सहकारीमा कार्यरत कर्मचारी सुजन कार्कीमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो।

भारतीय नम्बरको मोटरसाइकल चढेर आएका तीन जनाको समूले कार्कीमाथि दुई राउन्ड गोली प्रहार गरेर भागेको सर्लाहीका प्रहरी प्रमुख प्रबिन पोखरेलले बताए। गोली लागेर कार्कीको तिघ्रा र हातमा लागेको छ।घाइते कार्कीको सर्लाहीको हरिवन स्थित नमुना अस्पतालमा उपचार भइरहेको पोखरेलले बताएका छन्।

प्रकाशित: २ कार्तिक २०७९ ०५:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App