१६ चैत्र २०८० शुक्रबार
समाज

करणीको आरोपमा दुई जना पक्राउ

श्रृखलाबद्द रुपमा जबरजस्ती करणीका घटना भइरहेका बेला इटहरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  

प्रहरीले रामधुनी वडा नं. ४ का ३४ वर्षीय छत्रवहादुर खडकालाई पक्राउ गरेको हो। खड्काले एक युवतीलाई विवाह गर्छु भनी इटहरी वडा न. ६ को तिरुपती होटल एण्ड लजमा ल्याएर जर्वरजस्ती करणी गरेको आरोप लागेको छ। उनी फरार रहेकोमा प्रहरीले खोजी गरेर पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।  

यसैगरी, वाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। १२ वर्षीया बालिकाको संवेदनशील अंग सुमसुमाई वाल यौन दुरुपयोग गरेको आरोपमा इटहरी वडा नं.  ३ मा डेरा लिएर बस्ने भिमवहादुर विकलाई पक्राउ गरिएको हो। विकलाई पनि जिल्ला अदालत सुनसरीमा मुद्दा चलाइएको छ।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका वा महिलामाथि जबरजस्ती गरिन्छ भने त्यसलाई नै जबरजस्ती करणी मानिन्छ। आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जर्वरजस्ती करणीका घटना हुने गरेका छन्।  

जबरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ। समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जर्वरजस्ती करणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ।  

सुनसरीमा आर्थिक वर्ष २०७८–०७९ को अवधिमा १०० वटा जबरजस्ती करणीका मुद्दा दर्ता भएका छन्। जर्वरजस्ती करणी उद्योगमा २८ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो।

प्रकाशित: १३ श्रावण २०७९ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App