१५ चैत्र २०८० बिहीबार
समाज

फकाएर घाँस काट्न जंगलमा लगेर श्रीमतीको हत्या

मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

दिउँसोको समयमा भुसालले श्रीमतीलाई ललाईफकाई शाहीटोल जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी पछ्याैराले घाँटी थिंचेर हत्या गरेका प्रहरीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

श्रीमतीको हत्या गरी सेउलाले ढाकछोप गरेर उनी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गर्न पुगेका थिए। भुसाललाई पक्राउ गरिएको र हत्या कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० असार २०७९ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App