८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु

चितवनमा बलात्कार पछि तीन जनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको हो। राप्ती–१, खैरहनी–१० र इच्छाकामना–३, की महिलाको बलात्कार घटनापछि भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इन्सेकले जनाएको छ।

इच्छाकामना ३ की ७१ वर्षीया महिलालाई भान्जा नाता पर्ने व्यक्तिले बलत्कार गरेको प्रहरीले जनाएको थियो। त्यस्तै खैरहनी नगरपालिका १०मा ३५ वर्षीया गीता माझिलाई आफ्नै श्रीमानको बलात्कार र निर्घात कुटाइबाट घाइते भएपछि उपचारका कार्यक्रममा जेठ महिनामा मृत्यु भएको छ।

आरोपितलाई अदालतले पूर्वपक्षका लागि थुनामा समेत पठाइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारी जानकारी दिए। राप्तीकी २७ वर्षीया महिलाको पनि बलात्कारका कारण मृत्यु भएको भएको जनाइएको छ।

उनको जेठ ३१ गते मृत्यु भएको थियो। तर, अहिले पनि आरोपित हिरासतमै छन्। अनुसन्धान चलिरहेको अधिकारीले जानकारी दिए। आरोपमा मकवानपुरका ४५ वर्षीय पूर्णबहादुर घलान पक्राउ परेका छन्।

यस्तै चितवनमा ६ महिनाको अवधिमा २९ जना बलात्कारमा परेका छन्। इन्सेकको तथ्याङ्क अनुसार, पुस महिनादेखि हालसम्म २५ बालिका र ४ महिला जबरजस्तीकरणीमा परेका छन्। यो संख्या अघिल्लो वर्षमा भन्दा धेरै हो। अघिल्लो वर्षको सोही अवधिमा १९ जना जबरजस्तीकरणमा परेका थिए।

त्यतिखेर नै बलिकाको संख्या धेरै थियो। अघिल्लो वर्ष १३ बालिका र ६ महिला छन्। जबरजस्तीकरणीको प्रयास भने यसवर्ष १ जनालाई मात्र भएको छ। बाल यौन दुव्र्यवहारका १२ घटना घटेका छन्। जिल्लामा बहुविवाहका घटना पनि बढी देखिएको छ।

यो ६ महिनामा मात्रै ११ जनाले बहुविवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा ३ जनाले गरेका थिए। चितवनमा यसवर्ष ५ जनाको हत्या भएको छ। हत्या हुनेमा ३ महिला र २ जना छन्। आत्महत्या दुरुत्साहन मुद्दा ३ वटा रहेका छन्। यो अवधिमा मानव बेचबिखनका घटना शून्य छ।

प्रकाशित: ६ असार २०७९ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App