coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण

मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले यहाँका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराएको छ। स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ मतदान स्थल र १ सय २२ वटा मतदान केन्द्र रहेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाका अनुसार दुई चरणमा अभिमुखीकरण गराइएको हो। शनिबार फुङ्लिङ नगरपालिका, आठराइ त्रिबेणी गाउँपालिका, मेरिङदेन गाउँपालिका, मैवाखोला गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ स्थित सारदा मावि थुम्बेदिन क र ख केन्द्र बाहेक र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचा स्थित दुर्गा मावि ओसे र सरस्वती मावि कुञ्जारी समेतमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गराइएको छ।

शुक्रबार फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचा स्थित दुर्गा मावि ओसे र सरस्वती मावि कुञ्जारीमा रहेको मतदान केन्द्र र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ स्थित सारदा मावि थुम्बेदिन क र ख केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अभिमुखीकरणसंगै नमूना मतदान समेत गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए।

नमूना मतदानमा मतदान प्रकृयाका दिन निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराइएको थियो। मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस प्रकाश राउतले अब निर्वाचनको संघार सुरु भइसकेकोले मतदान कार्य शान्तिपूर्ण ढंगले सम्पन्न गरी मतपेटिका सुरक्षित ढंगले निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याउने व्यवस्थाका लागि मतदानका समयमा खटिने कर्मचारीको भूमिकाबारे जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मतदान अधिकृत र सहायक मतदान अधिकृतले अपनाउनुपर्ने सुरक्षा सम्बेदनशिलता र सुव्यवस्थित ढंगले निर्वाचन कार्य सम्पन्न गर्न निर्वाचन कार्यक्रममा खटिने कर्मचारीले खेल्नुपर्ने भूमिका र दायित्वबारे प्रष्ट्याएका थिए।

प्रकाशित: २४ वैशाख २०७९ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App