१५ चैत्र २०८० बिहीबार
समाज

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ पाथिभरा मन्दिरको दर्शनपछि फिर्ता

नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनपछि शनिबार संघीय राजधानी काठमाडौतर्फ फर्किएकी छन्। 

मन्दिरको दर्शन गर्न आउनु अघि र दर्शनपछि फर्कंदा फुङ्लिङ हेलिप्याडस्थित मेवाखोला हिल रिसोर्टमा बसेकी राजदूत एलिजाबेथ मन्दिरको दर्शनमा गएको पुष्टी पाथिभरा क्षेत्र विकास समितिले गरेको छ। समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले राजदूत एलिजाबेथले ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथिभराको दर्शन गरी फर्केको जानकारी दिए।  

राजदूत एलिजाबेथ इलाममा सञ्चालित बिभिन्न परियोजनाको स्थलगत अध्ययनका लागि आउदा इलामबाट पाथिभरा मन्दिरको दर्शनकै लागि ताप्लेजुङ आएकी हुन्।

प्रकाशित: १६ आश्विन २०७८ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App