८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

धान खेतमा भेटिइन् मृत महिला

आइतबार राति मोरङको धनपालथान गाउँपालिका–४ मा एक महिला धान खेतमा मृत फेला परेकी छन्।  ३५ वर्षीया जानकीदेवी मुखियालाई घर नजिकै धान रोपाइँ सकिएको खेतमा आइतबार राति पौन १२ बजेतिर मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घरबाट लगभग ५० मिटरको दूरीमा रोपाइँ सकिएको पानी जमेको खेतमा मुखिया मृत देखेपछि परिवारका सदस्यले राति पौने १२ बजेतिर प्रहरीलाई खबर गरेको बताए। मुखियाको आँखाको डिलमा साधारण चोट र मुखबाट फिँज तथा नाकबाट रगत आइरहेको अवस्थामा मृत फेला पारेपछि परिवारका सदस्य तथा छिमेकीले शव घरमा ल्याइ राखेर प्रहरीले जनाएको छ। 

‘महिलाको कसरी मृत्यु भयो भन्न सक्ने अवस्था अहिले छैन,’ डिएसपी श्रेष्ठले भने, ‘शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएका छौं भने घटनाको स्थलगत रुपमा अनुसन्धान थालिसकेका छौं। पोस्टमार्ट र स्थलगत अनुसन्धानको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुन्छ।’  

मृतक मुखियाले पालेको हाँस हराएको र खोजी गर्ने क्रममा छिमेकीसँग २/३ दिनअघि विवाद भएको पाइएपछि ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखियालाई नियन्त्रण लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १८ श्रावण २०७८ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App