सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्वार गरी जौबारी स्वास्थ्यचौकीमा पुर्याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे। भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ। रासस
प्रकाशित: १० जेष्ठ २०७८ १४:५८ सोमबार