वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ। निधन हुनेमा धनकुटा र मोरङका दुई जना वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ। सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार धनकुटा ४ का ६४ वर्षीय वृद्धको हिजो आइतबार राती ८ बजेर ३५ मिनेटमा निधन भएको थियो। उनलाई वैशाख २६ गते संक्रमण पुष्टि भएको थियो भने जेठ ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए।
यसैगरि, आज बिहान मोरङकाका थप एक वृद्धको निधन भएको छ। सुन्दरहरैचा १० मोरङका ७२ वर्षीय वृद्धको बिहान ३ बजेर ५० मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो। सहप्रवक्ता डा.पोखरेलका अनुसार मृतक उच्च रक्तचाप र मधुमेहका पनि विरामी थिए। उनलाई जेठ २ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन भर्ना गरिएको थियो। मृतकको दुवैको शवको नियम अनुसार व्यवस्थापन भइरहेको पनि प्रतिष्ठानले जनाएको छ।
प्रकाशित: १० जेष्ठ २०७८ ०९:२९ सोमबार