coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२४ घण्टाभित्र बाँकेमा १५ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा २४ घण्टाभित्रमा थप १५ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार भेरी अस्पतालमा १२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना र एक जना संक्रमितको बाटोमै मृत्यु भएको हो ।  

बैजनाथ–८ बाँकेका ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख ८ गते पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका उनी १८ गते भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बिहीबार दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

नेपालगन्ज–८ बाँकेकी ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख २१ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि भोलीपल्ट बैशाख २२ गते बुधबार भेरी अस्पतालमा भर्ना भएकी उनको बिहीबार दिउँसो १२ बजे मृत्यु भएको हो ।  

यस्तै कोरोना संक्रमित बैजनाथ–८ बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख ८ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी लामो समयसम्म होमआईसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि बैशाख १७ गते भेरी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १० बजेर ३० मिनेट जादाँ मृत्यु भएको हो ।  

शान्तिनगर–६ दाङकी ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बिहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो । यही बैशाख १६ गते दाङमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएको थियो । त्यसपछि उनी बुधबार मात्र मेडिकल कलेजमा आएर भर्ना भएकी थिईन् ।  

यसैगरी नरैनापुर–१ बाँकेका ५६ वर्षीय पुरुषको कोरोना मृत्यु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा यही बैशाख २० गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । भोलीपल्ट नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना भएपनि स्वास्थ्यमा सुधार नआएपछि बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

कोहलपुर–१ बाँकेका ७३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंस्थित एक प्रयोगशालामा बुधबार पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनलाई काठमाडौंबाट घरतर्फ ल्याउँदै गर्दा बिहीबार बिहान ५ बजेतिर बाटोमै मृत्यु भएको हो ।  

नेपालगन्ज–१९ बाँकेका ७७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बागेश्वरी ल्याबमा पिसिआर परीक्षण गराउँदा यही बैशाख १८ गते कोरोना पोजेटिभ पुष्टी भएपछि भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।  

त्यस्तै नेपालगन्ज–१०  बाँकेकै ७८ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । यही बैशाख २० गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि उनी बुधबार मात्र भेरी अस्पतालमै भर्ना भएका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार बिहान १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।  

नेपालगन्ज–४ बाँकेका ५५ वर्षीय पुरुषको भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १८ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १२ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।  

नेपालगन्ज–१० बाँकेका २७ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा बुधबार राती १० बजेर २० मिनेटमा मृत्यु भएको हो । यही बैशाख १९ गते भेरी अस्पतालमा भर्ना भएका उनले भोलीपल्ट पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएको थियो ।  

यसैगरी कोरोना संक्रमणबाट नेपालगन्ज–१ बाँकेका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । बैशाख २० गते भेरी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि बुधबार राती १० बजेतिर भेरी अस्पतालमै मृत्यु भएको हो ।  

कोहलपुर–५ बाँकेका ३४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही बैशाख १३ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि भोलीपल्ट मेडिकल कलेजमै भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि उनको बुधबार राती ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो । 

त्यस्तै भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीया महिलाको पनि भेरी अस्पतालमै उपचारका क्रममा मृत्यु भएको छ । यही बैशाख १९ गते जाजरकोटमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि बैशाख २२ गते बुधबार भेरी अस्पतालमा आएर भर्ना भएकी थिईन् । सोही दिन राती ९ बजेतिर उनको मृत्यु भएको हो ।  

नेपालगन्ज–१० की ७८ वर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि बैशाख १९ गते उनी भर्ना भएकी थिईन् । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि बुधबार बेलुकी ७ः३० बजेतिर मृत्यु भएको हो ।

नेपालगन्ज–१२ बाँकेका ४५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरी अस्पतालमा यही बैशाख १७ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि बुधबार बेलुकी ६ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।  

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६१ र बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराएका १ सय २८ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । मृतकहरुको शव नेपाली सेना र परिवारको समन्वयमा ब्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित: २३ वैशाख २०७८ १४:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App