८ वैशाख २०८१ शनिबार
समाज

बस र टिपर आपसमा ठोक्किँदा ३९ जना घाइते

कोहलपुरस्थित चप्परगौडी जंगलमा दुर्घटनामा परेका बस र टिपर । तस्बिर : नागरिक

बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा ३९ जना घाइते भएका छन्। सर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको(अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।  

दुर्घटनामा परी बस र टिपरमा सवार ब्यक्तिहरु घाइते भएको प्रहरीले जनाएको छ। कोहलपुर चप्परगौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखि करिव एक किलोमिटर पुर्व जंगलमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी ३९ जना घाइते भएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) सुवास खड्काले जानकारी दिए।  

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको डिएसपी खड्काले बताए। उनका अनुसार दुर्घटना बेलुकी ६ बजेतिर भएको हो।

प्रकाशित: ३ वैशाख २०७८ १४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App