१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ब्राउनसुगरसहित दुईजना पक्राउ

दिनहुँजसो लागुऔषध प्रयोग तथा कारोबार मुद्दामा कारबाही गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले शनिबार पनि दुई जनालाई पक्राउ गरेको छ।  

अवैध लागुऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत शनिबार साँझ पौने ८ः०० बजेको समयमा सदरमुकाम त्रियुगा नगरपालिका ११ बाबारानी मार्गबाट ४ ग्राम ब्राउनसुगर ९खैरो हिरोइन०सहित उनीहरु पक्राउ परेका हुन्। लागुऔषधको कारोवार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ब्राउनसुगरसहित त्रियुगा ११ का ३२ वर्षीय दशरथ साह र सोही ठाउँका वर्ष २९ का विवश राईलाई नियन्त्रणमा लिएको हो।

बरामद लागुऔषधसहित दुवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी कानुनी कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०७७ ०९:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App