coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मोरङमा प्रहरीद्वारा अवैध सामग्री बरामद

विराटनगरको छुटाछुट्टै दुई स्थानबाट आइतबार भन्सार छली गरी ल्याइएको लाताकपडा र  खाद्यान्न प्रहरीले बरामद गरेको छ । भारतको जोगबनीबाट अवैधरूपमा ल्याइँदै गरेको लेडिज कुर्ता सुरुवाल ८२ थान, मोटरसाइकलका पाटपूर्जालगायत अन्य लुगाकपडा विराटनगर–११ स्थित महेन्द्र चोकबाट बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बेवारिसे अवस्थामा छाडेको ५० हजार बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।  

त्यसैगरी विराटनगर–१४ स्थित जतुवा नजिकबाट भन्सार छली गरी ल्याइँदै गरेको खाद्यान्न प्रहरीले बरामद गरेको जनाएको छ । जोगबनीबाट दैनिक उपभोग्य वस्तु चिनी, मसला, पापड, रेगुलेटर, चक्लेट, भुजिया, सुर्ती, जिरालगायतका विभिन्न सामग्री बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ माघ २०७७ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App