८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मास्क नलगाउनेलाई जरिवाना

मास्क नलगाएकालाई जरिवाना संकलन गर्दै प्रहरी। तस्बिर : दिनेश / नागरिक

कोरोना संक्रमण समुदाय स्तरमा फैलिन सक्ने भन्दै सरकारले अनिवार्य मास्क प्रयोग नगर्नेहरुलाई रोल्पा प्रहरीले कारबाही गर्न सुरु गरेको छ। आईतबार माईकिङ गरेर सर्व साधारणलाई सूचना दिएको स्थानीय प्रशासनले सोमबारदेखि कारबाहीको सुरु गरेको हो।

रोल्पा प्रहरी प्रवक्ता संकर खड्काका अनुसार सोमबार सदरमुकाम लिवाङ आसपासमा मात्र मास्क नलगाएर हिड्ने ३६ जनालाई जरिवाना गरिएको छ। ‘मास्क नलगाएर हिड्ने ३६ जनाबाट  ३ हजार ६ सय राजस्व संकलन भएको छ।’

जिल्ला स्तरीय सुरक्षा समितिको निर्णय वमोजिम कोरोना संक्रमणबाट बच्न मास्क लगाउने, सामाजिक दुरी कायम गर्न लगाउने निर्णय गरिएको छ। प्रहरीका अनुसार अझै पनि मास्क लगाए नलगाएको हेर्ने र सामाजिक दुरी कायम गराउन कडाई गरिने छ।

प्रकाशित: १९ श्रावण २०७७ ११:५१ सोमबार

जरिवाना मास्क नलगाइ हिँड्ने