उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए । स्थानीय कालीपद शर्मा, रोहित उपाध्याय र सुरेश शर्माले हुलाकी सडक आयोजना, प्रशासन कार्यालय र कपिलवस्तु नगरपालिकामाथी सो काम रोक्का हुन पर्ने माग गर्दै रिट दायर गरेका थिए ।
रिटमा न्यायाधिश बावुराम रेग्मीको ईजलासले साउन ५ गते अल्पकालीन परमादेश जारी गर्दै साउन १२ गते दुबै पक्षलाई छलफलकालागि अदालतमा बोलाएको थियो । सोही बिषयमा सोमबार पक्ष र बिपक्षका कानुन व्यवसायीहरूको प्रमाण र बहस सकिएपछि गत साउन ५ गते दिईएको अल्पकालीन आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी भएको कपिलवस्त्ु नगरपालिकाका कानुनी सल्लाहकार हुम बहादुर कुवरले जानकारी दिए । न्यायधिश द्धय बावुराम रेग्मी र केशवराज जोशीको संयुक्त ईजलासले सो ओदेश गरेका हुन्।
सडक ऐन २०३१ अनुसार हुलाकी राजमार्गको मापदण्ड तोकिएको, २०३१ भन्दा अघि निर्माण भएका संरचनालाई क्षतिपुर्ति दिने र घरबारबिहीन भएकालाई बसोबासको व्यवस्था गर्ने भनी गत असार २५ गते प्रशासन कार्यालयमा निर्णय भएका अदालतको आदेशमा भनिएको छ । आधिकारिक निकायबाट भएको निर्णय सदायसताकासाथ कार्यान्वयन हुन्छ भनी बिश्वास गर्नुपर्ने र रिट निबेदनमा उठाईएका अन्य बिषय अन्तिम आदेह हुँदाका बखत सम्बोधन नै हुने आदेशमा उल्लेख गरिएको छ ।
रिट निबेदनको पक्षबाट अधिवक्ता हीमलाल न्यौपाने, बिपक्षी कपिलस्तु नगरपालिकाको तर्फबाट बरिष्ठ अधिवक्ता कमलराज जोशी र सालिकराम बन्जाडे सहायक न्यायअधिवक्ता धर्म।राज जोशीले बहस गरेका थिए । अदालतको सो आदेशसंगै अब हुलाकी बाटो निर्माणकालागि बाटो खुला भएको कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बताएका छन् ।
उनले अब हुलाकी राजमार्ग आयोजनासंग समन्वय गरी सडक निर्माणको काम अघि बढाईने बताए । अहिले तौलिहवा सडक क्षेत्रमा बनाईएका संरचनामहरू धमाधम हटाइएको छ । तौलिहवाको जमुहार टोल देखि छोटकी तौलिहवाको मस्जिद सम्म २३ सय ४० मिटरमा २ सय ७३ वटा संरचना सडक क्षेत्रमा छन्। यस्तै जमुहार देखि भवानी भिक्षु सम्म भने ५ सय ७३ वटा संरचना सडकमा परेको कपिलसतु नगरपालिकाले जनाएको छ ।
प्रकाशित: १२ श्रावण २०७७ १७:५५ सोमबार