आज मंगलबार पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति पनि देशका केही स्थानमा मध्यमसम्म तथा प्रदेश १, बागमती, गण्डकी, ५ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
साथै २४ घण्टे चेतावनी दिँदै महाशाखाले वर्षा हुने स्थानका नदीमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएाकले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बाढी/डुबानकाे सम्भावना
यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि आज बाढी/डुबाना हुन सक्ने सम्भावित क्षेत्रकाे जानकारी दिँदै सतर्कता अपनाउन सुझाव दिएकाे छ।
हेराैँ याे सूचना :्र
प्रकाशित: ३० असार २०७७ ०७:२३ मंगलबार