९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कपिलवस्तुमा ३ सुरक्षाकर्मीमा पनि कोराना संक्रमण

कपिलवस्तुमा कार्यरत तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । कृष्णनगरमा लिंक गेट र बजामरा डियुटीमा खटिएका चार जनामा कोरोना भएको हो । प्रहरी स्रोत अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी सहायक निरिक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायव निरिक्षक र हवल्दारलाई कोरोना देखिएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार कपिलवस्तुका ८ जनामा कोरोना पुष्टि भएको हो । त्यसै मध्ये चार जना सुरक्षाकर्मी समेत रहेको हो । बाँकी ५ जना पहाडी मुलका रहेको प्रहरीले जनाएको छ । बुधबार साँझ थपिएका आठै जना संक्रमित कृष्णनगर नगरपालिका क्षेत्रको रहेको पाइएको छ ।  

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३८ पुगेका छ । भेटिएका ८ जना संक्रमित नगरपालिकाको महेन्द्र मावि क्वारेनटाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।  

क्वारेनटईनमा रहेका ५० जनाको स्बाब संकलन गरिएको मध्ये ८ जना संक्रमित भेटिएको जिल्ला स्बास्थ्य कार्यालयका प्रमुख योगन्द्र भगतले बताए । भेटिएका संक्रमितको कन्ट्राक्ट ट्रेसिङ र ट्राभल हिस्ट्री लिने कार्य जारी रहेको छ । 

दिउँसो मात्र कपिलवस्तु नगरपालिकाको वडा नं. ४ का एक पुरुषमा संक्रमण देखिएको थियो । यशोधरा गाउपालिकामा १२, कपिलवस्तु नगरपालिामा ९ मयादेबी गाउपालिकामा ४, बुद्धभुमी नगरपालिकामा २, सुद्धोदन गाउपालिकामा एक जनमा कोरोना देखिएको हो । यस अघि मंगलावर मात्र कपिलस्तु अस्पतालका कार्यरत एक नर्सलाई कारोना देखिएको थियो । 

प्रकाशित: ३१ वैशाख २०७७ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App