९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनामुक्तिको कामनासहित मनाइने

भक्तपुर,- संसारभर कोरोनामुक्तिको कामनासहित मुनि विहार भक्तपुरले बिहीबार भक्तपुरमा २५६४ औं बुद्धजयन्ती मनाउने भएको छ । बुधबार भक्तपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसका लागि भक्तपुरभरिका ठाउँंठाउँंका चैत्य, गुम्वा, स्तुपा, बहाः, बहीहरुमा दीप प्रज्ज्वलन गरिने जनाए । 

विहारका भिक्षु छन्दधम्मो (उतम ढुंगाना, सोलुम्खुम्वू) ले विहारले प्रत्येक वर्ष बुद्ध जयन्तीको दिन बुद्धको मूर्तिसहितको रथलाई भक्तपुर नगर परिक्रमा गरी मनाइने गरेकामा यसवर्ष लकडाउनका कारण रथ परिक्रमा नगराइने जनाए । २०१३ सालदेखि दोस्रो पटक रथ परिक्रमा गराउने कार्यक्रम रोकिएको छ । पहिलोपटक २०७२ साल र दोस्रोपटक यो वर्ष नगर परिक्रमाको साथै रोकिएको थियो । साथै प्रत्येक वर्ष हुँंदै आएको खिर बाँंड्ने कार्यक्रम पनि यो वर्ष नहुने सो अवसरमा जानकारी दिइयो । 

यो वर्ष दीपावलीका साथै प्रत्येक वर्ष जस्तै घरघरमा बुद्धको झण्डा फहराउने कार्यक्रम जारी राखिने बताइएको छ । साथै चैत्य, गुम्वा, स्तुपा, बहाः, बहीहरु सरसफाई गरिने छ । प्रत्येक वर्ष बुद्ध जयन्ती मनाउन दाताहरुबाट लाखौं रुपैयाँं उठ्ने र कार्यक्रम गर्न खर्च जाने भए पनि यो वर्ष कार्यक्रम नहुने भएकाले आम्दानी र खर्च दुवै नहुने र सामाजिक सञ्जाल फेसबुकमार्फत शिल (पञ्चशिल, अष्टशिल) प्रदान गरिने सो अवसरमा जानकारी दिइएको थियो । 

 

प्रकाशित: २५ वैशाख २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App