११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द

सिँजा - जिल्ला  प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ। गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो। 

जिल्ला प्रशासन कार्यलयले वितरित नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको र जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्ने जनाई उक्त कार्यालयको गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो। 

इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंँजा –३ का रतनबहादुर शाही,  प्रेमप्रसाद उपाध्याय र  सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनाका साथै भवन बाहिर रहेको ४८ बोरा नुनसमेत बिहीबार बन्द गरिएको छ। रासस

प्रकाशित: ५ वैशाख २०७७ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App