९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

कालोबजारी विरुद्ध नागरिक सडकमा

काठमाडौं – कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले सोमबार सीतापाइला चोकमा खबरदारी -यालीसहित सभाको आयोजना ग-यो। -यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए। कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए।

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन। सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए। सो अवसरमा पूर्व सांसद सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए। शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गरेका थिए। देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य बस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरिन।

सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना संकलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानुनी कारबाहीका लागि दिन लागिएको जानकारी पनि संयोजक कुँवरले दिएका थिए। सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए।रासस

प्रकाशित: २७ फाल्गुन २०७६ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App