१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

६७ हजारको चेक किर्ते गरी २० लाख निकाल्ने पक्राउ

काठमाडौं - प्रहरीले चेक किर्ते गरी बैंकबाट २० लाख रुपैयाँ निकाल्ने एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजका कार्यालय सचिव ५६ वर्षिय सन्तोष घिमिरेलाई चेक किर्ते गरेको आरोपमा पक्राउ गरी सार्ववजनिक गरेको हो।

घिमिरे भोजपुर षडानन्द गाउँपालिका घर भई काठाडौको दक्षीणकाली नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका थिए। पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक होविन्द्र वोगटीले घिमिरेले कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट गत पुष ९ गते जारी भएको ६७ हजार ९ सय १६ रुपैयाँको चेकलाई किर्ते गरी २० लाख ६७ हजार ९ सय १७ रुपैयाँ बनाई रकम निकालेको बताए। चेक किर्तेगरी रकम निकालेर फरार भएपछि ताहाचल सामुदायीक आवास व्यवस्थापन समाजले प्रहरीमा उजुरी दिएको थियो।

यस्तै प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रुपन्देही जिल्ला घर भई काठमाडौं बस्दै आएका २७ वर्षका पारस श्रेष्ठलाई पक्राउ गरेको छ। त्यस्तै प्रवक्ता वोगटीले काठमाडौंको नयाँ बसपार्कमा सुनको सिक्री लुटदै गरेको अवस्थामा वाग्लुङ घरभई काठमाडौं बस्दै आएका २४ वर्षिय प्रकाश दर्जीलाई पक्राउ गरी आवश्यक कारबाही भइरहेको बताए। प्रवक्ता वोगटीले आफ्नै साथीको हत्या गरी फरार वंगलादेशी नागरिक पक्राउ गरेको समेत बताए।

प्रकाशित: १६ माघ २०७६ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App