९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

निर्दयी श्रीमानः जसले माछा तार्दै गरेको तेलमा श्रीमतीको अनुहार डुबाइदिए

सिन्धुली– यहाँको दुधौली नगरपालिका–४ मा आफ्नै श्रीमानले श्रीमतीलाई तातो तेलमा डुबाएका छन्। दुधौली नगरपालिका–४ एकहटिया बस्ने रितु सदाले घरायसी बादविवादकै कारण आफ्नै ३२ बर्षिय श्रीमती आशा सदालाई माछा तारी रहेको अवस्थामा निजकै श्रीमानले तातो तेलमा अनुहार डुबाइदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाका अनुसार तातो तेलमा अनुहार डुबाउदा पीडित आशाको दुबै आखा हेर्न नमिल्ने भएको छ भने अनुहारमा पुरै तेलको फोका उठेको छ। तातो तेलमा आफ्नै श्रीमान्ले डुबाएपछि गम्भिर घाइते भएकी आशालाई स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र जिल्ला अस्पतालमा समेत उपचार हुन नसक्ने अवस्था देखिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। तातो तेलमा श्रीमतीको अनुहार डुबाइदिने श्रीमान् भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०७६ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App