११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आँखा अस्पतालमा सेवाग्राहीको चाप

बझाङ - स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि पाल्पा रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा बिरामी बढ्न थालेका छन्। बिरामीको सेवालाई मध्यनजर गर्दै तीन महिनादेखि स्वास्थ्य बीमा सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पछिल्लो समय बढेको पाइएको हो।

दैनिक २०/२२ जना आँखा उपचारका लागिआउने गरेकामा बीमा कार्यक्रमपछि हाल ६० को हाराहारीमा बिरामी आउन थालेको आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेलले बताए। “बीमाको सुविधा दिन थालेपछि बिरामी तेब्बरले बढीरहेका छन्, पहिले नै सो कार्यक्रम सुरु गर्ने भनिए पनि विभिन्न प्रक्रिया मिलाउनु पर्दा ढिलो भयो तर अहिले कार्यक्रम सुरु गर्‍यौँ”, अध्यक्ष पोखरेलले भने। सो बीमा कार्यक्रमले गरीब, विपन्न परिवारलाई उपचारमा ठूलो राहत पुगेको रामपुर नगरपालिका–५ बस्ने सीतादेवी लम्साल बताउनुछन्।

“उपचार नै गर्न नसकेर आँखाको समस्या भए पनि कतिपय अस्पतालमा जाँदैनथे, बीमा कार्यक्रमपछि बिरामी अस्पताल पुग्ने गरेका छन्,” उनले भने। सो कार्यक्रम लागू भएपछि निःशुल्क औषधि उपचार सेवा पाएकोमा रामपुर नगरपालिका–३ रजघराका खुमबहादुर थापा क्षेत्रीले खुशी व्यक्त गर्नुभयो। “आँखा जाँच, चश्मा, औषधि उपचार गर्दा थोरै भने पनि एक पटकमा रु एक हजार पाँच सयसम्म खर्च हुन्थ्यो, अहिले बीमा कार्ड लिएर गएपछि सबै निःशुल्क पाइएको छ”, उनले भने।

नेपाल सरकारले बीमामा तोकेबमोजिमका सबै सेवा बिरामीलाई दिइएको छ। यही सालको वैशाख २० गतेबाट बीमा कार्यक्रम सुरुआत गरिएको हो। सो कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ। अस्पतालले हरेक महिना गर्ने आँखाको शल्यक्रियासम्बन्धी बृहत् शिविरमा पनि बीमा गरेपछि सेवा लिने ह्वात्तै बढेका छन्। शिविरमा बढीमा सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले तीन सयको हाराहारीमा बिरामी आँखा जाँच तथा शल्यक्रियाका लागि आउने गरेको केन्द्रले जनाएको छ।

 

प्रकाशित: १६ भाद्र २०७६ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App