९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

गुनासौ गुनासो, अझै छैन तथ्याङ

भलुनी (बारा) - बिहीबार बिहान सवाछ बजे छ। कलैया उपमहानगरपालिका –१८स्थित भलुनी भरवलियाका ७० वर्षीया सिताराम पटेल घुर (आगो) ताप्दै थिए। पटेलसँगै पाँच वर्षीया रासना पनिसँगै टाँसी रहेकी थिइन्। आइतबार राति आएको हुनडरीले छिनभरमा बास उडाएपछि पटेल अहिले त्यही घुर तापेर रात काटी रहेका छन्।

हुन्डरीमा परी पटेको टाउकोमा चोट लागेको छ भने नाती राजन, बुहारी मुन्नीदेवीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका छन्। नाति र बुहारीको कहिले ठिक भएर आउने हुन् भन्ने चिन्तामा रहेका उनलाई रात काट्ने ठाउा पनि चाहिएको छ। नेपाली सेनाले बुधबार एउटा टेन्ट गाडिदिएपछि केही राहातको महसुत उनले गरेका छन्। ीमतीसहित नाती नातिनालाई त्यसमै सुताएका पटल भने भत्केको घरको भग्नाबसेसमै सानो पालको साहारामा रात काट्न थालेका छन्। लुगा देखि अन्नपात सबै परिएपछि मेसमा गएर भोक मेटाएको उनले रातको चिसो भने आगोपातेर कटाउने गरेको सुनाए। लगाएको एकसरो लुगा बाहेके खाने, लगाउने मात्र नभएर पकाउने र चलाउने भाडकुडासमेत नभएको सुनाउँदै उनले भने, ‘के गर्ने हजुर यही घुरको साहारामा रात कटाइरहेको छु।’

भत्केको आफ्नै घरछेउबाट दिनहुँ दजर्नौ राहात बोकेको गाडीहरु जाने गरेपनि आफुले पिडीतले भन्दा अरुले नै बढि राहात सामग्री लगेको गुनासो गरे। राहात वितरण व्यवस्थीत हुन नसकेको गुनासो सबैतिरबाट आइरहँदा अनुगमन र वितरणको राम्रो व्यवस्था नहुँदा पिडीतले भन्दा अरुले नै बढि सामान लगेको उनको बुझाइ छ। राहात सामग्री शिवीरसम्म पु¥यउनुको साटो ठूलाबढाको घरमा थन्कीएको आरोप लगाउँदै उनले भने, ‘हेर्ने मान्छे नहुँदा जसको लाठी उसकै भैस भएको छ।’ अनुगमन र निरिक्षणका लागि दिनकै नेताहरु आएपनि पिडीतलाई कसैले पनि केही नसोधेको गुनासो गर्दै उनले थपे, ‘जो आउँछ उसकै नजिकका व्यक्तिको पछि लाग्छन् उसैसाग हिंड्छन्।’ उनीहरुकै प्रभावको आधारमा राहात सामग्री वितरण भइरहेको गुनासो गर्दै उनले थपे, ‘घर र परिवार गुमाएका भन्दा अरुसँग भेटघाट गर्ने हो भने किन आएको त ?’

स्थानीय जनप्रतिनिधि र गाउँका बलियाको कब्जामा राहात सामग्री परेको सुनाउँदै उनले भने, ‘पार्टी कार्यकर्ता भन्दा पनि बलिया र काम लाग्ने मान्छेलाई बढि दिइएको छ। पिडीतलाई छैन।’ पटेलको मात्र होइन फोटा –१ भलुनी भरवलियाका माधव ठाकुरको गुनासो पनि उस्तै छ। हावाले सबै उडाएपछि सुत्ने र मुख जोर्ने कुरा पनि केही बाँकी नरहेको सुनाउँदै उनले थपे, ‘वडाले पनि मुख हेरेर काम गरी रहेको छ। ठूलाठालुले जे भन्यो तयही भइरहेको छ।’

बुधबार जेसीआइले ल्याएको राहात सामग्री प्रभावित भनदा बाहिरको मान्छे लगेको गुनासो गर्दै उनले भने, ‘क्षती हुनेले नपाउने केही नभएकाले मात्र राहातका लागि आएको सामान लगेर घर भरी सकेका छन्।’ त्यस्तै, सोही टोलकी सुनीता दासले पनि राहात वितरणमा विभेद गरेको गुनासो गरे। आफुहरुले राहात सामग्री नपाएको तर घर नभतकेकाहरुले धेरै लगेको सुनाउँदै उनले भनिन्, ‘उपचार निशुल्क भनिएको छ तर पैसा नभइ औषधी नै पाइदैन।’

हावाले घर भत्कदा भाइ शिवपुजन दास घाइते रहेको र उनको उपचार नेश्नल मेडिकल केलजमा भइरहेको बताइन्। ‘हामी सबै भाइको उपचारमा छौ उनले भनिन्, ‘यता पनि राहात छैन उता पनि औषधी पाएका छैनौ।’ अस्पतालले तोकेको मेडिकलमा औषधी लिन जाँदा नदिएको सुनाउँदै उनले भनिन्, ‘पैसा लिएर गयो भने त्यही औषधी दिन्छन्। निशुल्क भन्यो भने औषधी दिंदैनन्। नाम मात्रको निशुल्क छ सस्तो औषधी मात्र अस्पताल र तोकिएको मेडिकलले दिएको छ महंगो छैन।’

फोटा –१ भलुनी भरवलियाका प्रेमचन्द्र ठाकुरले प्रभावितहरुके अवस्था मुल्याङ्कन गरेर राहात वितरण गरेको दाबी गरे। स्थानीय स्तरमा राहात वितरणका लागि समिति गठन भएको सुनाउँदै उनले भने, ‘हामीले ए,बी,सी गरे वर्गिकरण गरेर सोही अनुसार राहात वितरण गरेका छौं।’ राहात सामग्री लिएर आएका संघ संस्थाले आफै वितरण गर्दा केही तलमाथि भएको हुनसक्ने बताउँदै स्थानीय राहात समिति सदस्यसमेत रहेका ठाकुले भने, ‘यो वा त्यो पक्ष भनिएको छैन।’

कलैया उपमहानगरपालिका –१८स्थित भलुनी भरवलियाका अम्मर पटेल घरमा नौ जना छन्। चार दिन वित्दा उनले दुई बोरा मात्र चामल पाएको सुनाए। ‘आफ्नो घर पूर्ण क्षेती भएपनि दुई बोरो चामल र सेनाले गाढेको टेन्ट मात्र छ,’ उनले भने, ‘गएर पिडीतको घरमा हाम्रो भन्दा धेरै चामल र राहातका लागि आएका अन्य सामान पुगेको छ।’ घरसहित धानकुट्ने मेसीन, अटो रिक्सामा क्षेती पुगेको सुनाउँदै भुल भरवलियाकै नरेश राउत कुर्मीले भने, ‘जिवन चालउने अर्को उपाय पनि केही छैन। राहात पनि बलिया र साहु माझन कहाँ पुगेको छ अब कसरी हातमुख जोर्ने ?’

राहातका लागि भन्न जाँदा वडा अध्यक्ष जयप्रकाश दासले कुनै वास्ता नगरेको आरोप लगाउँदै उनले भने, ‘सुत्ने घरमा क्षती नभएकाले तिमीलाई राहात मिल्दैन भन्न जवाफ आयो ?’ धरीछन मुखीयाको परिवारको आठ जना सदस्य हावाहुरीबाट घाइते छन्। घाइते भएका मध्य चार जनाको बिरगञ्जको नारायणी, तीन जना नेश्नल मेडिकल र एक जना सागरमान अस्पतालमा उपचार गराइ रहेको सुनाउँदै उनले भने, ‘बाहिरबाट रासनसहितका राहात मुख हेरेर दिने गरेका छन्। घाइतेको उपचार गर्नु जानुको राहातका लागि कुद्नु हामीलाई निकै गाहे भएको छ।’

सोही टोलका चन्दन मुखीया बुधबार दुई घण्टा लाइन बसेर पनि रिक्तो हात फर्कनु परेको सुनाए। आफुहरु राहात सामग्रीका लागि लाइनमै बसी रहेका बेला एउटै घरमा छ बोरा चामल गएको तर आफुले एक किलो पनि नपाएको उनले सुनाए। ‘हुरीले घर पूर्णरुपमा भत्केको छ। अन्नपात सबै नस्ट भएको छ,’ उनले भने, ‘पिडीतको पहिचना नगरी राहात दिंदा वास्तविक पिडीत थप पिडामा परेका छन्।’

देवताल –७ रामपूर्वाका १सय ९७ घरमध्य ८० घर पूर्णरुपमा क्षेती भएका छन्। बुधबारबाट मात्र रामपूर्वामा राहात सामग्री पुग्न थालेपनि वडा अध्यक्षसहित स्थानीय राहात वितरण समितिले पक्षपात गरेको स्थानीयको गुनासो छ। राहात वितरण र लगत संकलन गर्न गठन भएको समिति सदस्यहरुले आफ्नो र अर्को गरेर विभिद गरेको सुनाउँदै स्थानीय रावज्ञप्रसाद साहाले भने, ‘समिति सदस्यले आफ्नो छोरोको सामान्य क्षेती भएको घरलाई पूर्ण बनाइदिएका छन्।’

गाई, बस्तुका लागि बनाएको फुसको गोठ र घरलाई एउटै मुल्याङ्कन गरेको गुनासो गर्दै उनले भने, ‘राहात वितरण ठिक ढंगबाट हुन सकेको छैन। यहाँ पनि दुई पार्टीको कुरा छ।’ १७ जना र दुई जनाको परिवारलाई समान राहात वितरण भइरहेको सुनाउँदै उनले भने, ‘एक घण्टामा सबै गाउाको लगत संकलन हुन्छ। तर त्यसो नगरेर मनपरि गरिएको छ।’ विभिन्न संघ संस्थाबाट आएको राहात पनि एकदिनपछि मात्र वितरण गर्ने गरेको सुनाउँदै रामपूर्वाका अरविन पटेलले भने, ‘रातभरिमा सेटीङ गर्ने र बिहान मात्र बाँडीदै आएको छ।’

वडा अध्यक्ष सतेन्द्र प्रसाद यादवले प्रभावितहरुलाई आवश्यक राहात पु¥याइ रहेको दाबी गरे। सबैलाई समानरुपमा वितरण गर्नकै लागि एकदिनपछि मात्र आएका राहात सामग्रीहरु बाँड्ने गरेको सुनाउँदै उनले भने, ‘क्षेतीको अवस्था हेरेर राहात वितरण गरेका छौं।’ रामपूर्वाका ८२ वर्षीया परमेश्वर साहाले नुन बाहेकका राहात सामग्री आएको सुनाए। ‘आएका सामान त पाएकै छौ,’ उनले भने, ‘चामल, दाहाल, पाल, चिउरा, विस्कुट भटेका छौं। अरु कुरा आयो भने देलान नी ?’

४५ वर्षीया श्रीमान रामचन्द्रसँगै हुन्डरीले उडाएको घरमै कमलादेवी रामा टोलाइ रहेकी थिइन्। राहातस्वरुप आएको त्रिपाल भत्केको घरमा टाँगेर गुजारा चलाउन थालेकी उनले सरकारले आफुहरुको कुनैमतलव नगरेको गुनासो गरिन्। नेताहरुले भाषणमा घर बनाइदिने बताएपनि आश्वस्थ नदेखिएकी उनले भनिन्,‘जनता मरीसकेपछि बनाइदिएर भएन।’ सरकारले छिटो घर नबनाइदिए ऋणधन गरेर भएपनि बस्ने बासको व्यवस्था गर्नुपर्ने सोचमारहेको सुनाउँदै उनले भनिन्, ‘तर सबैको हाम्रो जस्तो छ ऋण पनि कसले देला घर बनाउने ?’

त्यहाँ मात्र होइन कलैया उपमहानगरपालिका– १२ धर्मपुर बासीको गुनासो पनि कम छैन। हावाहुरीबाट धर्मपुरका स्थानीयले कुनै मानविय क्षेती बेहोर्नु परेन। तर, टोलमै सञ्चालनमा रहेको ईट्टा भट्टामा कार्यरत बकुलीमा भारतका छ नागरिकले ज्यान गुमाए। मृतकका परिवारले उनीहरुको शव आफ्नो गाउँ लगिसकेको जानकारी दिंदै वडा अध्यक्ष राजेश्वर प्रसाद केशरीले स्थानीय तहमा ठूलो मात्रमा अन्नपातको नोक्सानी भएको सुनाए।

भौतिक संरचना पनि खोसै क्षेती नभएको सुनाउँदै करोडौंको खेति र अन्नपातको नोक्सानी भएपनि सरोकार पक्षको धर्मपुरमा आँखा नपरेको गुनासो गरे। ९५ प्रतिशत जनताको बाँच्ने आधार सकिएको सुनाउँदै उनले भने, ‘छिनभरीमै गहुँ, मुसुरोका साथै सयौंको संख्यामा आँप, लिच्ची, बाँस, सिसौउका रुखहरु ढालीदिएको छ त्यसले यहाँका जनताको गाँस टुटेको छ।’

मानविय र भौतिक क्षती पुगेका जनताका जनतालाई पहिलो र दोस्रो प्रथमिकतामा राखेर उद्धार र राहातको काम गर्नुपर्नेमा विमति नरहेको सुनाउँदै उनले थपे,‘जिवन जिउने सबै कुरा गुमाएकाहरुलाई पनि सरकारले केही हेरीदिनु प-यो ?’

घरमा रहेका अन्नपात सुरक्षीत रहेकाले तत्कालीन राहात भन्दा क्षतीपूतिको व्यवस्था प्रभावित किसानहरुलाई गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘मान्छे भन्दा ठूलो कुरा अतिपाति र अन्नबाली त होइन तर यहाँ पनि यतिठूलो बिनास भएपनि कोही आएन।’ प्रधानमन्त्री, विपक्षी दलका नेताहरु मात्र नभएर राहात लिएर आउने संघसंस्था र निकायहरु फेटामा अल्झेको सुनाए। ‘एउटा आँपको बुटाबाट २०/२५ हजार किसानले लिन्थे अब त्यो हरायो,’ उनले भने, ‘त्यस्ता आँप र लिचचीका बोटो एउटा होइन हजारौ भाँचिएको छ।’

खेतमा लगाएको अन्नपात सखाप भएको सुनाउँदै धर्मपुरकै रामचन्द्र मण्डलले ढलेका सपेता, बाँस, आँप र लिच्चीका रुख देखाउँदै भने, ‘हाम्रो बाँच्ने साहारा यहि थियो त्यो त सबै हावाले एकैछिनमा लग्यो। अब हामी के गरेर खाने ? हाम्रो दुख सुन्न कोही आएन।’ आइतबारको हावाहुरी प्रभावित अर्को गाउँ हो कलैया नगरपालिका –१३को फुलवरीया र वलरामपुर। त्यहाँका दुई दर्जन बढि घरहरु भुमरीमा परेर ध्वस्त भएका छन्।

वलरामपुरका स्थानीय दिनेश पटेलले ठूलो मात्रमा बालिनालि नोक्सान गरेको सुनाए। ‘घरहरुको खासै धेरै नोक्सान छैन,’ उनले भने, ‘जे जतिको क्षती पुगेको छ। सबैले केही न केही राहात पाएका छन्।’ वडा अध्यक्षको नेतृत्व टोलिले नै राहात वितरण गरेको दाबी गरे। फुलवरीयाका अम्बीका यादवले मानविय क्षेती नपुगेको क्षेत्रमा धेरैको ध्यान पुग्न नसकेको सुनाए। ‘खेतिपातिका साथै रुखहरु धेरै नोक्सान भएका छन्,’ उनले भने, ‘त्यसको कुनै लेखाजोखा भएको छैन।’ हावासँगै आएको भुमरीबाट प्रभावित सबैले क्षेती अनुसार राज्यबाट राहात र सुविधाको व्यवस्था गर्नुपर्ने जनाउँदै भने, ‘कसैलाई तीन हुन्छ भने कसैले एक त पाउनु प-यो ?’

मानविय र भौतिक संरचनाको क्षती भएकालाई मात्र राहात दिंदा कृषिबाटै गुजारा चलाउनेहरु मर्कामा पर्ने उनको बुझाइ छ। ‘बास गुमाएकाहरुलाई मात्र होइन गाँस गुमाएकालाई पनि सरकारले राहातको उचित व्यवस्था गर्नुपर्छ,’ उनले भने।

महागढिमाई नगरपालिका– ७ तेलगाई होस् वा फोटा गाउँपालिका –६ पुरेनिया गछियाटोलाका स्थानीय मात्र होइन सुवर्ण गाउँपालिका–४ हर्दियाका प्रभावितहरुको गुनासो पनि उस्तै छ। तर, विभिन्न संघसंस्था र व्यक्तिहरुबाट दैनिक दर्जनौ मात्र प्रभावितहरुको सहयोगका लागि राहात सामग्रीहरु आइरहेका छन्। तर ती सामग्रीहरुको व्यवस्तीतरुपमा वितरण नहुँदा प्रभाति सबै क्षेत्रमा गुनासै गुनासो मात्र आइरहेका छ। स्थानीय प्रशासनसाग बिहीबारसम्म पनि प्रभावितहरु एकिन तथ्यांक संकलन गर्न सकेको छैन भने राहात सामग्री कहाँबाट आयो र कहाा कति पुग्यो भन्ने वितरण छैन। नेपाल प्रहरी स्थानीय स्तरमा संचारलन गरेको मेस र राहात वितरणको सुरक्षामा खटिएको छ भने नेपाली सेना केन्द्र सरकारले पठाएको टेन्ट प्रभावतहरु घर घर पुगेर गाड्न सक्रिय छन्।

प्रकाशित: २३ चैत्र २०७५ ००:११ शनिबार

कलैया_उपमहानगरपालि गुनासाे