काठमाडौं – चाबहिलस्थित ओम समाज डेन्टल अस्पतालले पशुपतिनाथ मन्दिर क्षेत्रमा निःशुल्क दन्त शिविर आयोजना गरेको छ। सो अस्पतालले महाशिवरात्रीका दिन सोमबार पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालुलाई लक्षित गर्दै निःशुल्क दन्त शिविर आयोजना गरेको जनाएको छ।
अस्पतालले आफ्नो सामाजिक उत्तरदायत्विअन्तर्गत निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ। आधुनिक सुविधासम्पन्न एम्बुलेन्समा अयोजना गरिएको शिविरमा पाँच सयजनाको दाँत परीक्षण गरिएको र अवस्था हेरी केहीलाई थप उपचारका लागि सुझाव दिइएको शिविरको व्यवस्थापन र नेतृत्व गरेका डा. सुभास घिमिरेले बताए।
डा. घिमिरेसहित चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए। सो अस्पतालले उपत्यका र उपत्यका बाहिरका जिल्लामा बेलाबेलामा निःशुल्क दन्त शिविर सञ्चालन गर्दै आएको छ।
प्रकाशित: २२ फाल्गुन २०७५ ०२:०५ बुधबार