११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वामपन्थी नेता पद्मरत्न तुलाधरको अन्त्येष्टि

तस्बिरः विजय गजमेर

काठमाडाै-मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको आज राजधानीकाे शाेभाभगवतिमा अन्त्येष्टि गरिएको छ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

अन्त्येष्टि अघि लाजिम्पाटस्थित उनको निवासबाट कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटीहुँदै शोभाभगवतीसम्म शवयात्राको गरिएको थियो। उनको शोभाभगवतीको कर्णदीपमा नेवारी परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।

तुलाधरलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए। यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, नयाँ शक्ति नेपालीकी नेतृ हिसिलायमीलगायत नेता शोभाभगवति पुगेका थिए। 

अन्तिम श्रद्धाञ्जलीको लागि उनको शवलाई लाजिम्पाटस्थित निवासमै राखिएको थियो। तुलाधरप्रति श्रद्धाञ्जली अर्पण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन निवासमै पुगेका थिए। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले तुलाधरको परिवारलाई आइतबार साँझ समवेदना सन्देश पठाएका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाललगायतका नेताहरुले उनी प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। राष्ट्रपति विद्या भण्डारीले पनि उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्। पूर्व राजाले ज्ञानेन्द्र शाहले समेत तुलाधरको निधनमा दुख व्यक्त गरेका छन्। 

 

पद्मरत्न_तुलाधार अन्त्येष्टि