८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

डडेल्धुरामा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते

डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवा रहेकी छन्।

जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको म१ज ३११ नम्बरको जिप बुधबार बेलुकी गन्यापधुरा गाउँपालिका–२ मैलोडामा दुर्घटना भएको हो। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइते मध्ये दुईजना गम्भीर छन्। कुमारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते हुनेहरुमा गन्यापधुरा गाउँपालिका–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीय सरुदेवि देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीय विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीय मनिषा देउवा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइतेहरुको डडेल्धुरास्थित क्षेत्रीय अपस्तलमा उपचार भइरहेको र गम्भीर घाइते ४७ वर्षीय कर्ण र ६ वर्षीय सुवासलाई जिल्लाबाहिर रेफर गरिएको जनाइएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

प्रकाशित: १४ कार्तिक २०७५ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App