११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बालुवा काण्डमा मुछिएपछि काँडाघारी र कोटेश्वर प्रभागका सबै प्रहरी सरुवा

काठमाडौं- अख्तियारले बालुवा तस्करीमा मुछिएको भन्दै ९ जना प्रहरीलाई पक्राउ गरेपछि काँडाघारी प्रभाग र कोटेश्वर प्रभागका सवै प्रहरीलाई सरुवा गरिएको छ।

प्रहरी निरीक्षक राजु लामा र काँडाघारी प्रभागका प्रहरी निरीक्षकलाई १ नम्वर गणमा सरुवा गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशीका अनुसार उनीहरुलाई आज बेलुकासम्म सम्वन्धित ठाउँमा जान निर्देशन दिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ। 

महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित कोटेश्वर प्रभाग र सानोठिमीमा कार्यरत ९ जनालाई शनिबार अख्तियारको विशेष टोलीले १ लाख घुससहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार बालुवा तस्करसँग पैसा लिएको पाइएपछि दुई असई, तीन हवल्दार र चार सिपाहीलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।  

 

प्रकाशित: ३१ भाद्र २०७५ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App