८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर १ जनाको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ।

वडा नम्बर ८ लौगाईस्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा करेन्ट लागेपछि उक्त पुरुषको मंगलबार बिहान मृत्यु भएको हो।

हाइटेन्सनको पोलमा चढेका सोही पालिका वडा नम्बर ८ का ४० वर्षीय तुलसीराम थारुको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जिसीले बताए।

उनको शव पोलको बिचमा अडकीएको अवस्थामा फेला परेको थियो। करेन्ट लाग्दा ठुलो आवाज आएको स्थानीय बताउँछन् । शवलाई पोलबाट निकालेर परिवारको जिम्मा लगाइएको जिसिले बताए। 

प्रकाशित: १४ कार्तिक २०८१ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App