११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सप्तकोशीमा यात्रुबस खस्यो

क्याप्शन

विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस सप्तकोशीमा खसेको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो।

सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ। यात्रुको उद्दारमा सुनसरी र सप्तरीका प्रहरी परिचालन भएका छन्।

प्रकाशित: १० आश्विन २०८१ १८:४३ बिहीबार