८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

मृतक शाहको आफन्त भन्छन्, 'शव बुझ्न जहाजबाट काठमाडौं आउँदै छौं'

शुक्रबार दिउँसो बालकुमारी झडपमा परी दुई युवाहरूको मृत्यु भयो। मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका रानीवनका २३ वर्षीय सुजन राउत र  अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका २२ वर्षीय वीरेन्द्र शाह रहेको खुलेको छ।

मृतक शाह परिवारको कान्छो छोरो रहेको बताइएको छ। उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा हुन्।

शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे। ‘वीरेन्द्रका बुबा र म अहिले शव बुझ्न मोटरसाइकलमा निस्किसकेका छौँ,’ उनले भने, ‘धनगढीसम्म मोटरसाइकलमा गएर त्यहाँबाट हवाई जहाजमार्फत काठमाडौं पुग्छौँ।’

शुक्रबार ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो। 

प्रकाशित: १३ पुस २०८० १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App