९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रैथाने मकै: स्वादिलो पनि, पाेसिलाे पनि

पातारासी क्षेत्रका मकैबारी, तस्बिर: गोल्डेन बुढा जुम्ला

मौसमी बालीको कुरा गर्दा यतिबेला मकैको समय हो। मकैले हाम्रो खाद्य भण्डारमा ठूलो सहयाेग पुर्‍याएको छ। उत्पादनको हिसाबले निकै लाभदायक अन्न हो मकै। यसले ग्रामीण अर्थतन्त्रमा पनि ठूलो टेवा पुर्‍याइरहेको छ। त्यसो त मकै आफैंमा स्वादिलो र पोषिलो अन्न पनि हो। यसलाई थरीथरी परिकार बनाएर खान सकिन्छ।

हिमाली क्षेत्रमा मकैको भात खाने गर्छन्। रैथाने उत्पादन भएकाले यो निकै स्वादिलो र रसिलो हुन्छ। अहिले शहरी क्षेत्रमा मकैको ढिंडो खाने प्रवृत्ति व्यापक छ। शहरियाहरू रेस्टुरेन्टमै धाएर ढिंडो खान्छन्।

मकैको पिठो आदिबाट अनेक परिकार बन्छ। त्यसो त भुटेको र आगोमा पोले मकै पनि निकै स्वादिलो हुन्छ। भुटेको मकै र त्यसलाई पिसेर सातु बनाएर खान सकिन्छ। मकैलाई पोलेर, भुटेर, रोटी बनाएर उसिनेर तथा पिंधेर खान सकिन्छ।

नेपालीहरूले वर्षौंदेखि मकैलाई विभिन्न तरीकाले खाँदै आएका छन्। पातारासीका खेतबारीमा अहिले मकैको हरियो बोट लहलहाइरहेको छ। आँखाभरि अटाउने गरी लहलहाइरहेको हरियो मकैको दृश्यले समग्र पातारासी क्षेत्रको समृद्धिको आधार खडा गरिरहेको स्थानीयको बुझाइ छ।

पातारासी गाउँपालिका-१ गडिगाउँ अहिले हरियो मकैको बोटले निकै लोकप्रिय देखिन्छ, वडाध्यक्ष लालसिंह ऐडीका अनुसार उक्त गाउँठाउँमा बर्सेनि डेढ बिहागासम्म मकै खेती गर्दै आएका छन्।

पातारासी गाउँपालिकाका सातै वडामा मकै खेती हुन्छ। मकैको महत्त्वपूर्ण विशेषता पकाएपछि यसको पौष्टिकतामा थप वृद्धि हुन्छ। मकैमा पर्याप्त मात्रामा खनिज तथा भिटामिन पाइन्छ। मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ। यसकारण यो मुटु रोगीका लागि समेत राम्रो मानिन्छ। बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ। यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीका अनुसार मकै ११ हजार १ सय ५० हेक्टरमा खेती हुन्छ।

जुम्लामा परम्परागत स्थानीय जातको त्यासे मुरली, बंगारे र दाब्ली मकै खेती गरिन्छ। उनले भने, ‘जुम्लामा विकासे मकै खेती खासै गरिंदैन।’

मकैमा पर्याप्त खनिज तथा भिटामिन पाइन्छ। मकैलाई कोलेस्ट्रोल फाइटर मानिन्छ, यसकारण यो मुटु रोगीका लागि समेत राम्रो मानिन्छ। बालबालिकाको विकासका लागि मकै फाइदाजनक मानिन्छ।

मकैले मिर्गौलासम्बन्धी समस्या हटाउन सहयोग मिल्छ। मकै क्षयरोगीहरूका लागि फाइदाजनक मानिन्छ। टिबी रोगी तथा टिबी रोग लाग्ने आशंका भएकाहरूले मकैको रोटी नियमित खाँदा निकै सहयोग पुग्छ। मकैको पिठोबाट बनेका परिकार कलेजोका लागि पनि राम्रो मानिन्छ। यसमा पर्याप्त फाइबर हुने भएकाले पेट सफा रहन्छ। कब्जियत, पायल्स एवं पेटको क्यान्सर हुने सम्भावना समाप्त हुन्छ।

मकैको पहेंलो गेडामा प्रशस्त मात्रामा म्याग्नेसियम, आइरन, कपर तथा फस्फोरस पाइन्छ जसले हड्डीलाई मजबुत बनाउन सहयोग गर्छ। रक्तअल्पता हटाउन पनि मकैले सहयोग गर्छ, फोलिक एसिडको राम्रो स्रोत भएकाले गर्भवतीहरूले मकैको परिकार नियमित खानु लाभदायक हुन्छ।

जुम्लामा फागुनदेखि चैतसम्म मकै लगाउने गरिन्छ भने असोज अन्तिमदेखि कात्तिकमै भित्र्याउने गरेको पातारासी गाउँपालिका-३ ताराबहादुर बोहोरा बताउँछन्। जुम्लाको पातारासी गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाको बिगाहा-बिगाहा मकै खेती गरिएको छ।

व्यावसायिक मकै खेती गर्दै आएको किसान धनबहादुर ऐडी बताउँछन्। अन्य पालिकाका पनि धेरथोर मकै खेती गरिन्छ। केही वर्षदेखि बादँर र भालुले मकै खेतीलाई नोक्सान पुर्‍याउँदै आएको छ।

प्रकाशित: ३० भाद्र २०८० ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App