८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नेपाली चिकित्सकलाई कुवेत पठाइदिने भन्दै विज्ञापन गर्ने दुई संस्था निलम्बनमा

वैदेशिक रोजगार विभागले शङ्कास्पद रुपले व्यवसाय सञ्चालन गर्ने दुई वटा संस्थालाई निलम्बन गरेको छ।  

विभागले पूर्व स्वीकृतिविना सामाजिक सञ्जालमार्फत नेपाली चिकित्कहरूलाई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको एवं सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शङ्कास्पद कार्यहरू गरेको भन्दै ओमेगा इन्टरनेशनल प्रा.लि.(ईजाजतपत्र नं.१३५२/०७४/०७५) र अक्सन इन्टरनेशनल प्रा.लि.(ईजाजतपत्र नम्बर ९८९/०६७/०६८) लाई निलम्बन गरेको हो।  

विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतिका अनुसार ओमेगाले आफ्नो संस्थाको भवनभित्र अन्य दुईवटा संस्था राखी छेउकै भवनमा एजुकेशनल इन्स्टिच्यूट एन्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न अक्सन इन्टरनेशनलाई कारवाही गर्दै निलम्बन गरेको हो।

वैदेशिक रोजगारीमा जान ईच्छुक सबैलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि निर्देशक उप्रेतिले आग्रह गरे।

उनले प्रचलित ऐन/कानूनको बर्खिलाप हुनेगरी सामाजिक सञ्जालमा सूचना सम्प्रेषण लगायतका गतिविधिहरू सञ्चालन नगर्न इजाजतपत्रवाला संस्थाहरूलाई आग्रह गरेको पनि बताए।

प्रकाशित: १३ भाद्र २०८० ०८:०३ बुधबार

वैदेशिक रोजगार विभाग ओमेगा इन्टरनेशनल प्रा.लि अक्सन इन्टरनेशनल प्रा.लि.