धरानमा गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा जान नपाएपछि प्रर्दशनकारीहरूले विराटनगरको कञ्चनबारीमा सडक जाम गरेका छन्।
धरानमा आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ। जसका कारण धरानमा आयोजना गर्ने भनिएको शान्ति र सद्भाव र्यालीमा सहभागी हुन जानेलाई मोरङ प्रहरीले रोकेको छ। स्वतः स्फुर्त निस्किएकाे प्रदर्शनकारीलाइ प्रहरीले रोक लगाएपछि उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै सडक जाम गरेका हुन्।
उनीहरूले 'गौ हत्या गर्न पाइँदैन', 'गौ हत्या गर्नेलाई कारबाही गर', 'गृहमन्त्री राजीनामा दे' जस्ता नारा लगाएका छन् ।
प्रकाशित: ९ भाद्र २०८० ०५:३३ शनिबार