८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

बाढीपहिराबाट सिन्धुलीका ३१ घरमा क्षति

फाइल तस्वीर

सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेत समेत बगाएको छ।

आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ। बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले बताए।

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।

‘बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ। क्षतिको विवरण संकलन गरिरहेका छौं’, वडाध्यक्ष कार्कीले भने, ‘रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिंदा किसान मर्कामा परेका छन्।’

प्रकाशित: ९ असार २०८० ०७:१५ शनिबार

गोलञ्जोर गाउँपालिका-२ बितिजोर लगातारको वर्षापछि खसेको पहिरो