गोरखामा जिप दुर्घटनामा परी ज्यान गुमाएका चार पुरुष र एक महिलाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेको उद्धारमा खटिएका प्रहरीले बताएका छन् ।
सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो।
दुर्घटनामा परी घाइते भएका ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनालाइ चितवन रिफर गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए।
यो पनि पढ्नुहोस्
गोरखामा जिप दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते
प्रकाशित: ८ असार २०८० ०३:१० शुक्रबार