रुकुम पश्चिमको आठबीसकोट ४ र जाजरकोटको तल्लो बगर जोड्ने भेरी नदीमा बन्दै गरेको निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएकाहरुलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।
भारतको बराईच जिल्ला माधवपुर बस्ने ६० वर्षीय राजकुमार गौतम, २५ वर्षीय संजय गौतम र बर्दियाको गुलरिया नगरपालिका १४ बस्ने ३७ वर्ष का गोपाल हरीजनलाई हेलिकप्टर मार्फत उपचारका लागि नेपालगन्ज लगिएको हो।
जाजरकोटको डल्लीबाट सामान्य उपचारपछि तीन जना गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि लगिएको हाे।
निर्माणाधीन बेलिब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको नाम पुष्टि भएको छ। मृत्यु हुनेमा भारतको बराईच जिल्ला माधवपुर बस्ने ४० वर्ष धर्मेन्द्र गौतम र ३५ वर्षीय प्रशुतम कुमार गौतमको रहेका छन्। उनीहरुको जाजरकोट स्थित डल्लीमा उपचारका क्रममा मृत्यु भएको हो।
हिमशिखर खड्का कृष्ण जेभिले ३ करोड ८४ लाखमा ठेक्का लिएको पुल निर्माणाधीन अवस्थामै भाँचिएको थियो।
प्रकाशित: ७ वैशाख २०८० १२:२३ बिहीबार