१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पुरूषको संकास्पद मृत्यु

मेलम्ची-सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का ५३ वर्षीय जगन्नाथ चौलागाईं घर नजिकै मृत फेला परेका छन् । 

घरबाट धारामा पानी लगाउन भनी हिँडेका चौलागाईं राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दै जाँदा भदौरेस्थित वीरबहादुर वाइबाको बारीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 

सामान्य ठाउँबाट लडेर मृत्यु भएको देखिए पनि कसैले हत्या गरेर फालेको वा सामान्य मृत्यु नै हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक चौलागाईंको शरीरमा कुनै घाउचोट नदेखिए पनि अनुहारमा गम्भीर चोट देखिएको छ । चौलागाईको शव शनिबारै क्षेत्रीय अस्पताल मेलम्चीमा परीक्षणपछि दाहसंस्कार गरिएको छ । रासस

प्रकाशित: २४ पुस २०७३ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App