९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लामा समाजिक कुरीतिविरुद्ध धामीझाँक्री

बालविवाह तथा महिनावारी सम्बन्धि अन्तरपुस्ता सम्वांद। तस्बिर: गोल्डेन बुढा

जुम्लामा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्। विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता जनाएका हुन्। कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन्।

सिंजा गाउँपालिका-६ का ८७ वर्षका मष्टका मुल धामीझाँक्री मोतिराम बुढाले अचेल बालविवाह नगर्न सुझाब दिने गरेका छन्। यसअघि उनी आफैं बालविवाह गर्न प्रेरित गर्थे। उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे जानकारी भएपछि अरुलाई सचेत बनाउने गरेको छु उनले भने, 'मैले भनेको सबैले मान्छन्, विरामीलाई अचेल छिटो अस्पताल लैजाउ भन्छु अनि बालविवाह रोक्ने काम पनि गरिरहेको छु।'

अहिले यहाँका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय छन्। वर्षौँदेखि जारो गाडेर रहेको कुप्रथा तथा कुसंस्कार हटाउन धामीझाँक्री लागि परेका छन्। अहिलेसम्म चलिआएका अन्धविश्वास, कुप्रथा, गलत परम्पराले समाज पछि परेको धामीझाँक्री बुढाले बताए। बिरामीलाई झारफुकमै अलमल्याउनुभन्दा पनि अस्पताल पठाउन प्रेरित गर्नका लागि धामीझाँक्रीको भूमिका महत्वपूर्ण हुने उनको दाबी छ।  

सिंजा–६ कै महादेवका धामीझाँक्री ६५ वर्षका सुर्यबहादुर रोकायाले भने, 'आफूहरु छुवाछूत गर्दैनौँ र समाजमा गर्न पनि दिन्नौँ, यस्तो कुकर्म कसैबाट भए सामूहिक रुपमा प्रतिकार गर्छौं। आफ्नो घरमा बनाएको मन्दिरमा दलितसँगै सामूहिक रुपमा पूजापाठ गर्न आएको छु, सानो जात र ठूलो जात भन्ने हुँदैन।' उनले कुसंस्कारका रुपमा मूल जरो बनेको विभेदलाई हटाउनका लागि धामीझाँक्री तथा पुरोहितहरुको महत्वपूर्ण भूमिका हुने बताए।  

उनले भने,'समाजमा देवतालाई अगाडि सारेर नै छुवाछूतजस्तो हुने गरेकोे छ, अब हाम्रो यो सामाजिक अभियानमा धामीझाँक्री तथा पुरोहितले साथ दिनु, यो खुशीको कुरा हो।' गाउँपालिका -६ का ५७ वर्षका धनबहादुर रावत गाउँको कुल देवताको प्रतिनिधि हुन्। तर उनी छाउपडी प्रथा मान्दैनन्। नत उनी छाउ भएको समयमा छाउगोठमा बस्न अनुरोध गर्छन्। उनले नत्र नत छोरी बुहारीलाइ छाउगोठमा बसाल्छन्। न अरुलाई बस्न दिन्छन्,बरु छाउ भएको समयमा सुरक्षित कोठामा बस्न, आवश्यक आराम गर्न पोसिलो खानेकुरा खान र सुरक्षित हुन् सुझाव दिन्छन्।

प्यालन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले आयोजना गरेको बालविवाह तथा महिनावारी सम्बन्धि अन्तरपुस्ता सम्वांद अन्तरक्रिया भाग लिदै उनीहरुले भने,'छाउपडी हुनु अभिसाप होइन्। कुनै पापको प्रतिफल पनि होइन्। यो त नियमित प्रक्रिया हो। फल लाग्नको लागि फुलेको एक प्रकारको फूल हो। महिलामा छाउपडी हुँदा न देउता रिसाउँछन्, नत उनीहरुलाइ देउताले नै छुट्टै राख्न भन्छन्। यो त समाजमा महिलालाइ दबाइ राख्न बनाइएको संस्कार मात्र हो।'  

सरकारले थालेको छाउपडी उन्मुलन अभियानमा एकाकार भएर लागौं,छाउपडी प्रथालाइ जरैदेखि उखेलेर फ्याकौं, यो नै यहाँका महिलाका लागि भलाइ हुनेछ। धामीझाँक्री आफै छाउपडी प्रथाको उन्मुलनका बारेमा धारणा राखिरहँदा सहभागि सबै छक्क परे। उनीहरुले एक आपसमा मुखामुख गरे। महिला सहभागि निकै उत्साहित बने। पुरुष सहभागि पनि यो भनाइ प्रति सन्तोष नै थिए। सबैको ध्यान दृष्टि पनि उनीमै केन्द्रित थियो।  

यता शिक्षक नरेन्द्रबहादुर रोकायाले भने,'सहभागी दिदी बहिनीहरु छाउ भएको समयमा गोठमा बस्नु हुदैँन। घरमा बस्दा पनि केही बिग्रदैन्,यो समाजले महिलालाइ अघि बढ्न नदिनका लागि निर्माण गरेको कु( संस्कार मात्र हो,छाउपडी प्रथा छाउ भएको समयमा सफा सुग्घर हुनुस, सुरक्षित रहनुस,यो नै हाम्रा लागि फाइदाको कुरो हो।'

जुम्लाका ग्रामीण क्षेत्रका महिला अहिले सम्म पनि छाउ हुँदा घरभित्र बसे देवता रिसाउँछन् भन्ने मानसिकताबाट ग्रसित नै छन्। कार्यक्रममा सहभागि अर्की महिला कमला रावत (बुढा)ले भनिन्। अब देवताकै प्रतिनिधिबाट यो प्रकारको कुरा सुनिसकेपछि हामी ढुक्क भयौँ। छाउ भएको समयमा हामी पनि घरमा बस्छौँ, अन्य महिलालाइ पनि घरमा बस्न सुझाउँछौँ।

महिला स्वंयमसेविका मैयाँ बुढाले छाउगोठबाट मुक्ति दिलाउन सबैको पहल जरुरी रहेको बताउँछिन्। आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाका फिल्ड सुपरभाइजर सेरबहादुर रोकायाले धामीझाँक्री र पुरोहितबाट सकरात्मक सहयोग पाएको बताउँछन्। धामीझाँक्रीले पनि सरकारको छाउपडी उन्मुलन अभियानलाइ साथ दिने बचन दिएका छन्। छाउपडी विरुद्ध सबै एकाकार भएर अघि बढौँ, समतामुलक समाजको स्थापना गर्नमा दृढ बनौ,सेर बहादुर रोकायाले भन्ने क्याडले पुरोहित, धामीझाँक्री सबै संग कनकासुन्दरी - ६ र सिंजाको -३ वडामा छुट्टा छुट्टै छलफल गरेको छ।

सिंजा-६ कि वडा सदस्य बसमा बुढाले भनिन् म पनि महिला हो। म पनि छुइ हुन्छु। तर बाहिर बसेकी छैनन्। घरभित्रै बसेकी छु।अहिले पनि गाउँकार्यपालिकामा धामी, डाँग्री र धुमेनी छन्। संगै खान्छौँ। संगै बस्छौँ। तर देवताले छाउ भएको भनेर बैठक कक्ष बाहिर पठाएका छैनन्। उमेर नपुग्दै बिवाहा गर्ने लाई सेवा सुविधा बाट बञ्चित गरिएको बताइन्। धामी झाँक्री पनि समाजमा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मुलनमा सकरात्मक छन्। उक्त सम्वांद कार्यक्रममा किशोरी समूह,बालक्लव,स्वास्थ्यकर्मी,महिला जनप्रतिनिधि र पत्रकारको सहभागी थिए।

प्रकाशित: १ फाल्गुन २०७९ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App