८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकन्युजकर्मी चापागाईं पुरस्कृत

यस वर्षको ‘१ नम्बर प्रदेशस्तरीय मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार’ इलामस्थित नागरिकन्युजकर्मी भीम चापागाईंलाई प्रदान गरिएको छ। पत्रकारिताको माध्यमबाट मानवअधिकार संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै मानवअधिकार मञ्च नेपालले ७४औं विश्व मानवअधिकार दिवस अवसरमा पत्रकार चापागाईंलाई पुरस्कृत गरेको हो।  

शनिबार सदरमुकाममा आयोजित समारोहमा इलाम क्षेत्र १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पुरस्कार हस्तान्तरण गरे। १८ वर्षदेखि पत्रकारितामा क्रियाशील चापागाईं १० वर्षयता नेपाल रिपब्लिक मिडिया प्रालिमा आबद्ध छन्। नवौं मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रतिनिधिसभा सदस्य बस्नेतले देशको चौथौ अंगका रूपमा मानिने पत्रकारिताबाट मानवअधिकार संरक्षणमा महŒवपूर्ण योगदान हुनसक्ने बताए। उनले नागरिकका आवश्यकता परिपूर्ति गर्नेगरी नीति निर्माण गर्नमा पत्रकारिताले झक्झक्याउनुपर्ने जनाए।

यसअघि यो पुरस्कारबाट मोरङका पत्रकार यज्ञ शर्मा, झापाका चन्द्र भण्डारी र पर्वत पोर्तेल, इलामका सटेन्द्र जबेगू र कोकिला ढकाल, ताप्लेजुङका आनन्द गौतम, खोटाङका दमन राई र पाँचथरका भीम बाँस्कोटा पुरस्कृत भएका छन्।  

प्रकाशित: २४ मंसिर २०७९ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App