रुपन्देही क्षेत्र नम्बर २ बाट गृहमन्त्री बालकृष्ण खाँण आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।
नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो।
खाँण २०७४ को निर्वाचनमा रुपन्देही-३ बाट समानुपातिक सांसद बनेका हुन् । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन्।
प्रकाशित: १६ भाद्र २०७९ ०७:५२ बिहीबार