बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित भएकाे छ।
प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछी एक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगित गरिएकाे हाे।
मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी, ज्वरोको संक्रमण देखिएकाे र उनलाई चिकित्सकले आराम गर्न सुझाव दिएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित: १६ श्रावण २०७९ ०७:५५ सोमबार