८ वैशाख २०८१ शनिबार
राजनीति

अर्थमन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न विवेकशील साझाले माग गरेको छ। साझाको युवा सङ्गठन संयोजक सरोज गौतमले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।  

आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश हुने अघिल्लो राती अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनाधिकृत व्यक्तिहरुले आर्थिक विधेयकमा करको दायरा थपघट गरेको विषय गम्भीर राष्ट्रद्रोह भएको बताएको छ। उक्त दिनको सिसिटिभि फुटेज यथाशिघ्र सार्वजनिक गर्न पनि माग साझाले माग गरेको छ।  

विज्ञप्तिमा भनिएको छ,'बजेटजस्तो संवेशनशील सार्वजनिक दस्तावेजमाथी सरकारको मन्त्रीको नेतृत्वमा किर्ते हुनु, विदेशी नागरिक सहित व्यापारिक स्वार्थ जोडिएका अनाधिकृत व्यक्तिहरुलाई गोप्य दस्तावेजमा मध्यराति केरमेट हुनु हाम्रोलागि राष्ट्रिय लज्जाको विषय हो। संदिग्ध अर्थमन्त्रीमाथी राष्ट्रद्रोहको फौजदारी अभियोग लगाएर अनुसन्धान हुनुपर्ने मुद्दामा संसदीय छानविन पनि हुन नसक्नु र अनुसन्धानमा सहायक हुने सिसिटिभि फुटेज सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ को व्यवस्था विपरित अर्थमन्त्रालयले १३ दिनमै मेटिएको प्रतिक्रिया दिनुले यो घटनामा सत्ता गठबन्धन र प्रतिपक्षी दलको समेत मिलेमतो रहेको पुष्टि हुन्छ।',

त्यस्तै अर्थमन्त्रीले गरेको काम सरकारी कागज किर्ते मात्र नभएर सार्वजनिक पदको लाभ उठाई विश्वासको दुरुपयोग गरेर सार्वजनिक कार्यालयमा गरेको संगठित कसुर भएकाले कानुन बमोजिम हिरासतमा लिइ कारबाही अगाडि बढाउन माग गरेको छ।

प्रकाशित: २१ असार २०७९ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App