७ वैशाख २०८१ शुक्रबार
राजनीति

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी

कपिलवस्तु नपामा जनता समाजवादी, शिवराजमा राप्रपा र विजयनगरमा एमाले अगाडि

कपिलवस्तुको ३ पालिकामा मतगणना जारी छ। कपिलवस्तु, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा मतगणना जारी छ। कपिलवस्तु नगरपालिकामा जनता समाजवादी  शिवराज नगरपालिकामा राप्रपा र विजयनगर गाउँपालिकामा भने एमालेको अग्रता रहेको छ।

कपिलवस्तु नगरपालिकामा ६ सय १७ मत गन्दा जनता समाजवादी पार्टीका सुदीप पौडलेले अग्रता कायम राखेका छन्। सुदीप पौडलले ३ सय २८ मत पाएर अग्रता लिइरहेका छन्।

यस्तै एमालेका राजेश गुप्ताले १ सय ३१ र कांग्रेसका किरण सिंहले ० मत पाएका छन्। उपमेयरमा जनता समाजवादी पार्टीकी सुनिता गुप्ताले १ सय ९२, एमालेका तुलसा गैरे पाण्डेयले १ सय ४ र कांग्रेसकी नसरिन खातुनले १ सय ३४ मत पाएका छन्। उता शिवराज नगरपालिकामा ११ सय १ मतगण्ना हुँदा राप्रपाका अजय थापाले ४ सय ४० एमालेका महादेव पोख्रेल ३ सय ७२ मत पाएका र कांग्रेसका हुमकान्त खनालले ५२ मत पाएका छन्।

उपप्रमुख पदमा एमाले (सूर्य) मा ४ सय ३२ कांग्रेस (रुख) मा ५६ राप्रपा (हलो) मा २ सय ९ गठबन्धन (हँसिया-हथौडा) मा १ सय ७ जसपा (छाता) मा  ८१ मत पाएका छन्। कपिलवस्तु विजयनगर गाउँपालिकामा ८२० मतगणना हुँदा  गाउँपालिका अध्यक्ष पदमा सूर्यमा ३ सय ५२ कांग्रेस (रुख) मा १ सय ६ जसपा (छाता) मा  २ सय १ मत आएको छ।

कपिलवस्तुको १० मध्ये ९ पालिकामा शुक्रबार मतदान सम्पन्न  भएको छ। अन्य ६ पालिकामा समेत मतगणना अब केहीबेरमा गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताए।

प्रकाशित: ३१ वैशाख २०७९ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App